काठमाडौं उपत्यकामा २२२ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २२२ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा २२२ जना कोराेना संक्रमित थपिएका छन्। मंगलबार काठमाडौंमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ संक्रमित थपिएका हुन् ।

यस्तै गत २४ घण्टाभित्र नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १  हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २९ हजार ६३२ र एन्टिजेन परीक्षणबाट ९६ हजार ३१८ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २६३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १२ हजार ९३७ पुगेकाे छ।

संक्रमणबाट ३ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९९ रहेकाे छ।

नेपालमा हाल ५ हजार ९४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ लाख १६ हजार ७७४ खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo