कांग्रेस महोत्तरीको चेतावनी : जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

कांग्रेस महोत्तरीको चेतावनी : जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेकाे जिल्ला अधिवेशन अस्वीकार गरेको छ। क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो।

कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्रसमेत पठाएको छ। पत्रमा  क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु  षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ।

यता निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरित जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दु:खद् भएको बताउँदै जिल्लाका पूर्वमाहासचिव बजरङ्ग नेपालीले भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले आजै कांग्रेस महाेत्तरीलाई ज्ञापनपत्र पनि बुझाएका छन्। साे क्रममा उनले विवादित ठाउँहरूको विवाद नटुङ्याएसम्म अधिवेशन गरे भोक हडताल गर्ने घोषणा गरे। नेता नेपालीको हडताललाई समेत मध्यनजर गर्दै  क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले माग गरेको छ।

Logo