काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा मात्रै ३६२, ललितपुरमा ९४ र भक्तपुरमा २५ संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार ७६२ जनाको पिसिआर परीक्षण र ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ३१ हजार ७४८ र एन्टिजेन परीक्षणबाट ९७ हजार ८९ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २९७ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १४ हजार ६ पुगेकाे छ।

संक्रमणबाट शनिबार कसैकाे पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६०२ रहेकाे छ।

नेपालमा हाल ६ हजार १४० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ४३ हजार ४६० खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo