सञ्जय दत्त पाँच वर्ष जेल बसे, जेलमा हुँदा थैली बनाउँथे

सञ्जय दत्त पाँच वर्ष जेल बसे, जेलमा हुँदा थैली बनाउँथे

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ। सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे। सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो।

यसको सुनुर्वाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो। यो मामलामा झण्डै १२ वर्ष पछि सन् २००७ मे १८ मा सुनुवाई पुरा भएको थियो। उनी आम्र्स एक्ट अनुसार ६ वर्षको जेल सजायको भागिदार बने।

सञ्जयका लागि जेल बसाई विशेष रह्यो। उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए। जेलमा उनले कैदी सरह समय बिताए। उनले जेलमा धेरै थैली बनाएका थिए।

सञ्जयका अनुसार उनले पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर जेलमा पैसा कमाउँथे। उनले यसवापत प्रति बोरी २० पैसा पाउँथे। ‘म जेलमा दैनिक ५० देखि सय ब्याग बनाउँथेँ। मैले जेलमा बस्दा झण्डै पाँच सय रुपैंयाँ कमाएको थिएँ। मैले त्यो सबै पैसा पत्नी मान्यतालाई दिएँ’, सञ्जयले भनेका छन्।

सञ्जय आफ्ना लागि जेलमा कमाएको पाँच सय रुपैंयाँको मूल्य ५ हजार करोड रुपैंयाँ बराबर रहेको बताउँछन् । उनले सन् २०१३ देखि सन् २०१६ सम्म पुणेको यरवदा सेन्ट्रल जेलमा सजाय कटाएका थिए।एजेन्सी

Skip This
Skip This
Logo