नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ। यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।































प्रतिक्रिया