महामन्त्री कोइरालाले जिते कोरोना

महामन्त्री कोइरालाले जिते कोरोना

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला चाबहिलस्थित ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मङ्गलबार कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएपछि गत मंगलबार अस्पतालमा भर्ना भएका उनकाे स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

बिहीबार महामन्त्री डा. कोइरालाले भिडियो सन्देश जारी गर्दै आफू दुई/तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए । कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनमा ज्वरो र निमोनियाका कारण अस्पताल भर्ना भएका थिए ।

महामन्त्री डा कोइरालाले डिस्चार्जपछि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएपछि डिस्चार्ज भएको उल्लेख गरे ।

Logo