राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालयकाे पाेखरामा चलिरहेकाे छ। बुधबारदेखि बैठक सुरु भएकाे हाे । पार्टी केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पाैडेलकाे अध्यक्षतामा संचालित बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेख्रेल, उपाध्यक्ष विष्णुप्रसाद पाैडेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, युवा इन्चार्ज महेश बस्नेत लगायतले पहिलो दिनकाे बैठकमा सम्बाेधन गरेका थिए।

यस्तै दाेश्राे दिनकाे बैठक बिहीबार संगठनकाे संरचनागत कार्यक्रम देशै भरिका वडा कमिटीको अधिवेशन , नगरपालिका तथा गाउँपालिका कमिटीको अधिवेशन, जिल्ला कमिटीको अधिवेशन, प्रदेश कमिटीको अधिवेशन र राष्ट्रिय कमिटीको अधिवेशनकाे मिति ताेक्ने कार्यसूची छ।
बैठकले संगठन संरचनाकाे कमिटीगत मापदण्ड निर्धारण गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा गर्ने, नेकपा एमालेको प्रथम विधान अधिवेशन र नेकपा एमालेको १०ओं राष्ट्रिय माहाधिवेशनले पारित गरेको राजनीतिक तथा सांगठनिक कार्यदिशाका आधारमा हालसम्मको युवा आन्दोलनकाे समीक्षा गर्दै आगामी युवा आन्दोलनको कार्यदिशा तय गर्नेछ।





























प्रतिक्रिया