सिभिल बैंकको ११औं वार्षिक साधारण सभा आज हुँदै

सिभिल बैंकको ११औं वार्षिक साधारण सभा आज हुँदै

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंकको ११औं वार्षिक साधारण सभा आज हुँदैछ। बैंकले जनाए अनुसार सभा बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ। 

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते बुक क्लोज गरेको हुँदा पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन्।

Skip This
Skip This
Logo