इंग्लिस प्रिमियर लिग: सिटीलाई १३ अंकको अग्रता, चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग: सिटीलाई १३ अंकको अग्रता, चेल्सी पराजित

केन्द्रबिन्दु
0
Shares

चेल्सी माथि १–० जितसँगै म्यानचेष्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाउँदा शनिबार राति भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र एष्टन भिल्लाले २–२ गोलको बराबरी खेलेका छन् । 

घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा एक मात्रै गोल केभिन डि ब्रुयनेले गरे। जोआओ कनसेलोको पास सदुपयोग गर्दै केभिनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे। 

जितसँगै पेप ग्वार्डिओलाको सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनायो। २२ खेलबाट सिटीको ५६ अंक छ। यता, पराजित चेल्सीको समान खेलबाट ४३ अंक छ र उ दोस्रो स्थानमा यथावत छ। 

अर्काे खेलमा म्यानचेष्टर युनाईटेडले घरेलु टोली एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्यो। खेलमा २–० को अग्रता बनाएको युनाईटेड अग्रता जोगाउँन नसक्दा बराबरीमा रोकियो। 

ब्रुनो फर्नाण्डेजको गोलसँगै युनाईटेडले खेलको छैटौं र ६७औं मिनेटमा २–० को अग्रता बनायो।  यसपछि जाकोब राम्सीले ७७ औं मिनेट र डेब्यु खेलाडी फिलिप कौटिन्होले गोल गर्दै एष्टन भिल्लालाई घरेलु मैदानमा हारबाट टारे। 

बार्सिलोनाका कौटिन्हो लोनमा यसै सिजन एष्टन भिल्ला आएका हुन्। ६८औं मिनेटमा डेब्यु गरेका उनले ८१ औं मिनेटमा गोल गरे । 

बराबरीसँगै युनाईटेड २० खेलबाट ३२ अंकसहित साँतौ स्थानमा छ। यता, एष्टन भिल्ला समान खेलबाट २३ अंकसहित १३ औं स्थानमा छ। 

गय राति भएका अन्य खेलमा नर्वीचले एभर्टनलाई २–१ ले पराजित गर्दा उल्भ्सले  साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्याे। अर्काे खेलमा न्युक्यासल युनाईटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेले। 

Skip This
Skip This
Logo