चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

केन्द्रबिन्दु
0
Shares

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका छन्।

शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ। शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन्। सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिएका हुन्।

शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोनाविरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताएका हुन्। सो पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गरे। सो अवसरमा उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका थिए।

चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन्। ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन्।एजेन्सी

Skip This
Skip This
Logo