‘मेरो पक्षमा सडकमा प्रदर्शन नगर्न अनुरोध गर्दछु’ : कुलमान

‘मेरो पक्षमा सडकमा प्रदर्शन नगर्न अनुरोध गर्दछु’ : कुलमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोनाको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न आम सर्व साधारणमा अनुरोध गरेका छन्। सामाजिक संजालमा स्टाटस लेख्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

घिसिङको पुनर्नियुक्तिको माग गर्दै सडकमा दैनिकजसो प्रदर्शन भइरहेका बेला उनले प्रदर्शन नगर्न अनुरोध गरेका हुन् ।

उनले भनेका छन् :

नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रकृया भएकोले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

विश्व ब्यापीरूपमा फैलिएको कोभिड १९ का कारण नेपाल पनि अक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने भन्ने माग राखी महामारीको संवेदनशील अबस्थामा सडकमा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।

Logo