कामोरोससँग ३-२ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ। कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो।
कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको विजेता घानाको यात्रा समूह चरणमा सीमित भएको हो।
समूह ‘सी’ मा मोरक्को तीन खेलमा सात अंकसहित समूह विजेता बन्दा समान खेलमा पाँच अंक बटुलेको गाबोन उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । कामोसोस तीन अंक जोड्दै तेस्रो स्थानमा बस्दा घाना एक अंकसहित चौथो स्थानमा रह्यो।
समूह ‘सी’को अर्को खेलमा मोरक्को र गाबोनले २–२ को बराबरी खेले।
समूह ‘बी’ बाट भने सेनेगल समूह विजेता र गिनी समूह उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरे।
मंगलबार सम्पन्न खेलमा जिम्वाब्वेसँग २-१ ले पराजित भए पनि मालावीले सेनेगलसँग अंक बाँडेपछि गिनीले नकआउट चरणमा स्थान बनाएको हो ।































प्रतिक्रिया