कार्यालय प्रमुखलाई कोरोनाभाइरस संक्रमण भएपछि खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई कोभिड–१९ पोजेटिभ पुष्टि भएपछि बुधवार देखी इलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभसम्मका लागि स्थगित गरिएको हो ।
अन्य कर्मचारीहरू होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको इलाका प्रशासन कार्यालयले जनाएको छ । खोटाङ गाउँपालिका-७ खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् ।































प्रतिक्रिया