२३० पत्रकार काेराेना सङ्क्रमित, अझै बढ्न सक्ने

२३० पत्रकार काेराेना सङ्क्रमित, अझै बढ्न सक्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेशमा कोरोनाबाट सङ्क्रमित कूल पत्रकारको सङ्ख्या २३० पुगेको छ। 

कोरोना भाइरसको तेस्रो लहरबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्य, निवर्तमान अध्यक्षसहित प्रदेश समितिका पदाधिकारी, सदस्यका साथै एक दर्जन शाखाका अध्यक्षहरु सङ्क्रमित भएका छन्।

प्रतिष्ठान प्रदेश समितिअन्तर्गत शाखा र सञ्चार गृहमा कार्यरत गरि अहिलेसम्म उक्त संख्यामा पत्रकार सङ्क्रमित भएको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले बताए। 

उनले भने, “केही शाखा र सञ्चार गृहको विवरण आउनेक्रम जारी छ।” 

Skip This
Skip This
Logo