विराटनगर ।
प्रदेश न १ मा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ५७ महिला र १०९ पुरुष रहेका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १००, सुनसरीमा ५६, झापामा आठ र उदयपुरमा दुई जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा सो अवधिमा ५८ जना सङ्क्रमित थपिएका छन् । ती मध्ये २५ महिला र ३३ जना पुरुष रहेका छन् ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३७ जना पुगेको छ । होमआईसोलेशन १२७, कोभिड–१९ आईसोलेशन अस्पताल, सुन्दरहरैचा ३३, धाइजन आईसोलेशन अस्पताल १३, जिल्ला अस्पताल संखुवासभा १०, मेची अस्पताल झापा चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तीन , वि।जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेशन विराटनगरबाट एक, एक जना गरी १९२ जना आज डिस्चार्ज भएका छन् ।
हालसम्ममा यसप्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ४३२ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा ६६९ जना सहित एक लाख १३ हजार ८८९ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया