पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश, देशभरका वकिलहरूको भने विरोध

पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश, देशभरका वकिलहरूको भने विरोध

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा पहिलो पटक सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन्। न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन्। 

बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो। आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए। सर्वोच्चका प्रधानन्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन्।  

मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन। किनकी उनको प्रमोसनमा देशभरका वकिलहरुले विरोध गरेका थिए। वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन्। मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सिलले पनि आन्दोलन घोषणा गरेको थियो। 

सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो।एजेन्सी

Skip This
Skip This
Logo