टेकु अस्पतालमा मंगलबारदेखि खोप अभियान फेरि सञ्चालन हुने

टेकु अस्पतालमा मंगलबारदेखि खोप अभियान फेरि सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ। 

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमितरुपमा खोप कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो। 

तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो।

Skip This
Skip This
Logo