अछाम । मंगलसेन नगरपालिकाले अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ताकाे काम सुरु गरेको छ ।
विद्युतीय प्रवर्द्धनमा जोड दिँदै व्यक्तिगत घटना दर्तालाई अनलाइन प्रणालीमार्फत गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
तत्कालका लागि इन्टरनेटको पहुँच पुगेका वडामा अनलाइन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता गरिने र आगामी दिनमा अन्य वडामा पनि बिस्तार गरिने नगरपालिकाले बताएको छ ।
अनलाइन प्रणाली अन्तर्गत जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै नगरप्रमुख पदमबहादुर बोहराले वडानम्बर–४ बाट अनलाइन प्रणालीमार्फत घटना दर्ता सुरु गरिएको जानकारी दिएका छन् ।
सबै प्रकारका सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन अनलाइन प्रणाली सुरु गरिएकाे हुँदा प्रभावकारी हुने नगरपालिकाकाे विस्वास छ ।































प्रतिक्रिया