आहा रारा गोल्डकप : राजीवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

आहा रारा गोल्डकप : राजीवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

वैकल्पिक खेलाडी राजीव गुरुङको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

बिहीबार पोखरा रंगशालामा भएको खेलकाे ७०औं मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो। राजीवले काउन्टर अट्याकमा सहज गोल गरे। 

आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आर्मीले फाइनलमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ। अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। 

मछिन्द्रले संकटा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, एपीएफले भुटनीज युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै अन्तिम चारमा आइपुगेको हो।

आर्मी र थ्री स्टार दुवै आफ्ना मुख्य खेलाडीविना मैदानमा उत्रिएका थिए। आर्मीका सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे राष्ट्रिय टोलीको बन्द प्रशिषणमा रहँदा नवयुग श्रेष्ठ, विकास खवास र सुदिल राई चोटका कारण मैदान बाहिर छन्। 

यता, थ्री स्टारका अनन्त तामाङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा आयुष घलान र कप्तान विक्रम चोटका कारण मैदान उत्रन पाएनन्। 

Skip This
Skip This
Logo