कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु (भिडियो)

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु (भिडियो)

केन्द्रबिन्दु
0
Shares

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ ।

मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टोकन सिस्टममा दैनिक ४० जनाको नाम दर्ता गरिने बताए । उनले अत्यावश्यक परेका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि विशेष प्राथमिकता दिइने पनि बताए ।

कीर्तिपुर नगरपालिकाले नगरबासीहरुलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र लिएर आउन आग्रह गरेको छ । नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा जन्ममिति खुल्ने प्रमाणपत्र, नागरिकतामा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाइसराई वा बसोबास प्रमाणित भएको कागजात, नागरिकतामा पति, पत्नीको नाम उल्लेख छैन भने विवाह दर्ताको प्रमाणपत्रसहित परिचयपत्र दर्ताका लागि आउन नगरपालिकाले आह्वान गरेको छ ।

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ ।

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ ।

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, 25 January 2022

Skip This
Skip This
Logo