आज देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले बुधबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो।
साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि देशको पहाडी भू-भागका थोरै स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
अहिले सुदूरपश्चिम र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। साथै, सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।































प्रतिक्रिया