जनकपुरमा नेपाली रेलदेखि आवश्यक भए संविधान संशोधन हुने प्रधानमन्त्रीको भनाइसम्म (भिडियोसहित)

जनकपुरमा नेपाली रेलदेखि आवश्यक भए संविधान संशोधन हुने प्रधानमन्त्रीको भनाइसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये कुर्था–जनकपुर–भारतको जयनगरसम्म सञ्चालनको लागि नेपाली रेल शुक्रबार जनकपुरमा आइपुगेको छ । लामो समयदेखि बन्द रहेको नेपालको एक मात्रै रेल सेवा पुनः सञ्चालनका लागि दुई सेट रेल तथा इन्जिन परीक्षणका लागि नेपाल ल्याएको हो । रेल विभागले सन् २०१९ को मे मा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार उक्त रेल जनकपुर ल्याइएको हो । पाँच वटा डिब्बासहितको रेलमा एक पटकमा १३ सय जनाले यात्रा गर्न सकिने जनाइएको छ ।

त्यस्तै आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भनिएको नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन निर्धारित समयमा हुने नहुनेबारे अन्योलता छाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढ्दै गएसँगै कांग्रेसको आसन्न महाधिवेशन हुने नहुनेबारे अन्योलता देखिएको हो । सदस्यता नविकरण र वितरण समयमा नै गर्न नसक्दा काग्रेसको महाधिवेसन आगामी भदौ महिनासम्म नहुने देखिन्छ ।

संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल नपाउने समस्या विगतदेखि नै भोग्दै आएकोले समस्या समाधानतर्फ मन्त्रालयलाई गम्भीर हुन समितिले निर्देशन दिएको हो ।

त्यस्तैगरी संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका १ सय ७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण यस वर्षको राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडू स्कुल अफ ल र साउथ एशिया ट्रष्टद्वारा प्रकाशित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तकको लोकार्पण गर्दै त्यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले विश्वकै तुलनामा सम्भवतः बढी मौलिक हकहरुको प्रबन्ध गरिएको नेपालको संविधान एक गतिशील दस्तावेज भएको उल्लेख गरेका थिए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo