अफ्रिकी कप अफ नेसन्स: इजिप्ट र गिनी क्वाटरफाइनलमा

अफ्रिकी कप अफ नेसन्स: इजिप्ट र गिनी क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। 

इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो। निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमासमेत गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो।

अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार राति नै ​मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोराेक्को अन्तिम आठमा पुगिसकेको छ।

मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेकाे छ। निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो।

पेनाल्टीसमेत ३-३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो। जहाँ गिनीले बाजी मारेकाे हाे। अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ।

Logo