उपत्यकामा जारी जोरबिजोर प्रणालीमा समायाेजन, अब निजी सवारीमा मात्र लागू हुने

उपत्यकामा जारी जोरबिजोर प्रणालीमा समायाेजन, अब निजी सवारीमा मात्र लागू हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि  निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि नयाँ आदेश जारी गरेका छन्।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ। विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ।

Logo