महिलामाथिको अत्याचारप्रति कलात्मक चित्रण (फोटोफिचर)

महिलामाथिको अत्याचारप्रति कलात्मक चित्रण (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

चरित्रलाई चित्रमा उतार्ने संस्कार पछिल्लो समय निकै एड्भान्स भएको छ । डिजिटल दुनियाँले फड्को मारेसँगै फोटोको स्तर पनि एचडीमा पुगेको अवस्था छ । यहि फोटो चित्र जिन्दगीको महत्त्वपूर्ण शब्दचित्रको रुपमा लिन सक्ने उदाहरणहरु पछिल्लो समय निकै छन् । यस्तै, पेरिफेरीमा अहिले एक फोटोस्टोरीको सामाजिक संजालमा चर्चा चलिरहेको छ । नेपालमा पछिल्लो समय बढ्दै गएको महिला हिंसालाई शिलशिलाबद्ध ढङ्गले ११ वटा तस्वीरमा प्रस्तुत गरिएको छ ।

उक्त तस्वीरहरु हेर्दै गर्दा झट्टै दिमागमा एउटा भिडियो सल्बलाउँछ । त्यो हो प्रकाश सपुतको ‘बद्ला बरिलै’ । महिलामाथिको अत्याचारलाई कलात्मक ढङ्गले बद्लासहित देखाईएको उक्त भिडियोको फोटो संस्करण हो भन्दा फरक नपर्ला । यो कन्सेप्टको फोटोस्टोरीलाई हेटौंडाका मेहनती फोटोग्राफर आदर्श पराजुली र उनको टिमले तयार गरेका हुन् । हेटौंडामा ‘न्यु क्रियशन स्टुडियो’ संचालन गरेर फोटो तथा भिडियोको सेवा प्रदान गर्दै आएका पराजुली र उनको टिमले महिला हिंसा विरुद्ध सचेतना अभियानसहित यो फोटो स्टोरीलाई तयार गर्न निकै मेहनत र दिमाग लगाएका छन् ।

नेपालमा पछिल्लो समय महिला हिंसा निकै नै बढ्दो क्रममा रहेको छ नेपाली समाजमा मात्रै नभएर विश्व समाजमा समेत महिलाहरुलाई दमन गरिन्छ । पछिल्लो समय नेपालमा बलात्कार जस्ता घटना दिनप्रतिदिन बढ्दै गइरहेको छ कहिले ९ महिनाको बालिकालाई त कहिले बिवाह भएका नारीहरुमाथि अत्याचार गरिन्छ नारी देवीको रुप हुन् भनिन्छ तर यहि नारीहरु माथि दिन प्रतिदिन अत्याचार हुने गरेको पाइन्छ ।

एसिड आक्रमण, बलात्कार, दाइजो प्रथा जस्तो घटना महिला माथि धेरै हुने गरेको पाइन्छ । पछिल्लो समय नेपालमा निर्मला हत्याकाण्ड १३ बर्षकी बालिका निर्मला आफू विद्यालय गएर घर फर्कने क्रममा उनको सामुहिक बलात्कार गरि हत्या गरियो तर अहिलेसम्म पनि निर्मलाले न्याय पाएकी छैनन् । सरकारले समेत यस्ता घटनाहरुमा ध्यान दिएको पाईंदैन । निर्मला जस्ता सयौं घटनाहरु हाम्रो समाजमा हुने गरेको पाइन्छ तर न्याय पाएका घटना भने सुन्न पाईंदैन । कहिले दाइजोका लागि हत्या गरिन्छ भने कहिले एसिड आक्रमण गरिन्छ न्यायालयमा न्यायको भिख माग्दासमेत पीडितले न्याय पाउँदैनन् । यस्तै घटना हरुलाई फोटोबाट पनि सचेतना र सम्बन्धित निकायलाई दवाव दिन सकिन्छ भन्ने पराजुलीको ठम्याई छ । आफ्नो कामले केही मात्रामा भएपनि सकारात्मक परिवर्तन आउने उनी बताउँछन् । तस्वीरमा एक युवतीमाथि केही युवाहरुले आक्रमण र जबर्जस्ती गरेको देखिन्छ । तर, ती युवतीले समग्र महिलाहरुमाथि हुने हिंसाको प्रतिनिधित्व गरेकी छिन् । उक्त फोटो स्टोरीमा प्रस्तुत युवती हुन् स्वीकृति ढुङेल । उनी मोडल, फेसन कोरियोग्राफर सँगै समाजसेवी समेत हुन् । तस्वीरमा देखिएको उनको चरित्र प्रसंशायोग्य छ ।

न्यु क्रियशन स्टुडियोको अफिसियल फेसबुक पेजबाट सार्वजनिक उक्त फोटोस्टोरीलाई २ हजार बढीले लाईक, १ हजार बढीले शेयर तथा झन्डै २ सयले उक्त कामको प्रशंसा गरेका छन् । सो स्टुडियोका संचालक आदर्शकै कन्सेप्टमा तयार भएको फोटो स्टोरीलाई उनी आफैंले क्यामेरामा कैद गरेका हुन् । बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको हेटेक्स स्कुलको क्षेत्रमा उक्त फोटोहरु सुट गरिएको हो । श्रृङ्गारको काम दि सुस्मा मेकअपले गरेको छ । ‘प्रत्येक नारी देवीको रुप हुन्, जसरी आमाको सम्मान गरिन्छ, त्यसैगरी नारीको सम्मान गर्न सिकौँ भन्ने’ सन्देशसहित उक्त तस्वीरहरुलाई सार्बजनिक गरिएको हो । हेरौं उक्त फोटोस्टोरी :

Logo