काठमाडौं । आज देशभर मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशकाे विभिन्न स्थानमा ठूलो पानी पर्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । राति पनि गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अहिले प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।





























प्रतिक्रिया