जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा ६७.८६ गुणा बढीको आवेदन, हालसम्मकै उच्च

जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा ६७.८६ गुणा बढीको आवेदन, हालसम्मकै उच्च

केन्द्रबिन्दु
0
Shares

माघ २१ गतेबाट निष्काशन भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर निष्काशनमा चौथो तथा अन्तिम दिन ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ। प्राप्त आवेदनको हिसाबले यो निष्काशनमा अहिलेसम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो। 

निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको अन्तिम तथा चौथो दिन अपरान्ह ५ बजेसम्म २७ लाख ६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता शेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ। 

यो आईपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो। यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो।

Skip This
Skip This
Logo