पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८८० वटा नमुना परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार ८ हजार ८८० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १३ जनामा र ३ हजार जनामा एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको २९ हजार ४ रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार २३८ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।
३० दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।
माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए।
माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। माघ १२ गते थपिनेकाे संख्या ८ हजार ४५४ थियाे। माघ १३ गते ८ हजार १७ जना थपिएका थिए।
माघ १४ गते थपिनेकाे संख्या ६ हजार ८२७ रहेकाे थियाे। माघ १५ गते ४ हजार ९०४ जना थपिए। माघ १६ गते ३ हजार ५४० संक्रमित थपिएका थिए। माघ १७ गते थपिनेकाे संख्या ५ हजार २९२ रहेकाे थियाे। माघ १८ गते ५ हजार ५८३ जना थपिए। माघ १९ गते ३ हजार ६३७ संक्रमित थपिएका थिए। माघ २० गते थपिने संक्रमितकाे संख्या ३ हजार १७५ रहेकाे थियाे। माघ २१ गते २ हजार ५२६ जना थपिए। माघ २२ गते १ हजार ७१४ जना थपिएका छन्। माघ २३ गते थपिनेकाे संख्या १ हजार ३८६ रहेकाे छ। माघ २४ गते १ हजार ५७० जना थपिए। माघ २५ गते १ हजार ९५७ जना संक्रमित थपिएका छन्।
दैनिक कोरोना अपडेट २०७८ माघ २७ बिहिबार
Kendrabindu – केन्द्रबिन्दु दैनिक कोरोना अपडेट २०७८ माघ २७ बिहिबार
Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, 10 February 2022





























प्रतिक्रिया