सुखद् सुरुआतको खाेजीमा नेपाल

सुखद् सुरुआतको खाेजीमा नेपाल

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजबाट सुरु हुने चारदेशीय शृंखला खेल्दैछ। 

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो। 

नेपाल सहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आयरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ। 

ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादव, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन्। 

यस शृंखलापछि १४ सदस्यीय टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ। 

Skip This
Skip This
Logo