बायर्न बकहमसँग ४-२ अन्तरले पराजित

बायर्न बकहमसँग ४-२ अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिग फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ।  

भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो। 
बकहमको जितमा क्रिस्टोफर, जुर्गन लोकाडिया, क्रिस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए।

यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ। बकहम २८ अंक जोडेर ११ औं स्थानमा  छ।

Skip This
Skip This
Logo