प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९५ जना सांसदले संसदमा प्रस्ताव दर्ता गराएका हुन् ।
मन्त्रिमण्डलमा प्रधानन्यायाधीश जबराले भागबण्डा खोजेको भन्दै केही महिनादेखि आलोचना हुँदै आएको थियो ।
उनलाई राजीनामा दिन चौतर्फी दबाब आएको थियो । तर प्रधानन्यायाधीशले राजीनामा नदिने बरु महाअभियोगको सामना गर्न तयार रहेको बताएका थिए ।





























प्रतिक्रिया