‘गीता’को कसम तोडेर राप्रपा नेपालको अध्यक्षमा कमल थापा

‘गीता’को कसम तोडेर राप्रपा नेपालको अध्यक्षमा कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा एकीकरणका बेला ‘गीता’ छोएर पार्टी नफुटाउने कसम खाएका कमल थापाले अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिएका छन्। 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।  

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी  निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले न्युज कारखानालाई बताए । 

‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने । 

केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । 

Skip This
Skip This
Logo