सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ। अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो।
चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ। २०७८ साउन देखि पुस मसान्तसम्म उक्त खर्च भएको अर्थ मन्त्रालयएको जनाएको हो।
चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा संघले ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ, प्रदेशले १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ र स्थानीय तहले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा कूल १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थको तथ्याङ्कले देखाउँछ।
अघिल्लो वर्ष संघ मार्फत १० अर्ब ७३ करोड १८ लाख रुपैयाँ, प्रदेश मार्फत २ अर्ब २८ करोड ४७ लाख रुपैयाँ र स्थानीय तह मार्फत २९ करोड ७८ लाख रुपैयाँ खर्च भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ।
विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।





























प्रतिक्रिया