प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेगकाे विपक्षमा कमल थापा

प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेगकाे विपक्षमा कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे महाभियाेगकाे विपक्षमा उभिएका छन्। सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियाेग प्रस्ताव दर्ता गरेपछि थापाले  प्रपञ्चमा महाभियाेग ल्याइएकाे दाबी गरे।

साेमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियाेग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन्।

उनले पहिलाे कारण त एमसिसीमा सत्तासिन नेपाली कांग्रेसकाे स्वार्थ रहेकाे बताएका छन्। एमसिसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार थिए। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीमा माओवादी र समाजवादीकाे माैन समर्थन रहने सर्तमा महाभियाेग प्रस्तावमा राजी भएका हुन् । अर्थात् एमसिसी संसदमा टेबल गर्न माओवादी र एकीकृत समाजवादी राजी भएकाे तर मतदानमा भाग लिने छैन, मतदानका बखत ती दलका सांसद अनुपस्थित हुनेछन्।

त्यस्तै, थापाले दाेस्राे कारणमा सभामुख अग्निप्रसाद सापकाेटाविरुद्ध विचाराधीन मुद्दा रहेकाे बताएका छन्। द्वन्द्वकालमा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा सापकाेटालगायत केहीविरुद्धकाे मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ। याे मुद्दालाई थापाले माओवादी स्वार्थ भनेका छन्। 

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गरेकाे बताएका थिए। तर, याे विषयमा सभामुखले निकास नदिएपछि सर्वाेच्चमा मुद्दा परेकाे छ। याे विषयमा एकीकृत समाजवादीकाे स्वार्थ रहेकाे उनले बताएका छन्।

थापाले लेखेका छन्- 'प्रधानन्यायाधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले MCC पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद जोगाउने प्रपंचमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीतिभित्र रहेको विकृतिको नमुना हो।'

Skip This
Skip This
Logo