२ कम्पनीको ४३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

२ कम्पनीको ४३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार (आज) २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। 

नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्युब आयल लिमिटेडको ४३ लाख १९ हजार ३५८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

जसमध्ये नेपाल ल्युब आयलको ९० हजार ५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५ दशमलव ०६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

दुबै कम्पनीको बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद विक्री गर्न सक्नेछन् ।

Logo