आजकाे माैसम : पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

आजकाे माैसम : पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ। 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन पनि गरिएकाे छ।

Skip This
Skip This
Logo