क्यानद्वारा टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिमकाे घोषणा

क्यानद्वारा टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिमकाे घोषणा

केन्द्रबिन्दु
0
Shares

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। 

टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् । विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ।

सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।

टिममा तीव्रगतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन् ।

टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टिम छन् । 

 फागुन ६ गते ओमान, ७ गते फिलिपिन्स र ९ गते क्यानडासँग खेल्नेछ।

Skip This
Skip This
Logo