वाग्मती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो ।
प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक बस्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति जुटेको हो ।
पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न सकेको छैन । संसद् बस्न नसक्दा ऐनलगायत महत्वपूर्ण काम प्रभावित भएको छ ।































प्रतिक्रिया