यी शिक्षिका, जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन्

यी शिक्षिका, जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन्

केन्द्रबिन्दु
0
Shares

तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो। विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन्। र, अहिले प्रमाण फेला परेको छ।

यो जोडीले छात्रको घर, कक्षा कोठालगायत अन्य स्थानमा बारम्बार यौन सम्पर्क गरेको थियो। केटालाई भेट्न ओक्लाहोमाबाट ६५० माईल पूरा गरे मिसिसिपीसम्म पुग्दा जेनिफर पक्राउ परेकी थिइन्। 

बलात्कार, बच्चालाई प्रलोभन र जबरजस्ती यौनसम्बन्धी कसूरमा उनलाई अदालतले दोषी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो। सो अपराधका लागि १० लाख डलर क्षतिपूर्ति दिन अदालतले थप आदेश दिएको छ। 

छात्र र उसको बुबाले जेनिफर र स्कूलविरूद्ध दायर गरेको मुद्दाको फैसला गर्दै एक संघीय न्यायाधीशले पूर्वशिक्षिकाले छात्रको परिवारलाई १० लाख डलर रकम तिर्न आदेश दिएको हो।

जिल्ला न्यायाधीश रबिन जे काउथ्रोननले भने, ‘एउटी शिक्षिकाले आफ्नो विश्वास र अधिकार दुरुपयोग गरि एक युवकलाई यौन उल्लंघन गरिन, जसका कारण युवकले बाँकी जीवनमा मुठभेडको भावनात्मक असर सामना गर्नेछन्।’

छात्रले उदासीनता, एक्लोपन, र  घटनाहरूका लागि आत्मग्लानी अनुभूति गरेको पनि न्यायाधीशले बताएका छन्। 

बालकलाई भविष्यमा महिलाको साथीलाई स्वीकार गर्न र महिला अधिकारीहरूलाई विश्वास गर्न समस्या हुने मानसिक स्वास्थ्य व्यवसायीले अनुमान गरेको पनि फैसलामा उल्लेख छ। यसैबीच, जेनिफरसँग रकम नभएकोले पीडितका परिवारले पैसा नलिन सक्ने छात्रका वकिल बब वायटले बताएका छन्।एजेन्सी

Skip This
Skip This
Logo