एमसीसी सदनमा प्रस्तुत गर्ने विषयमा द्विविधा गर्नु हुँदैन : पुष्पा भुसाल

एमसीसी सदनमा प्रस्तुत गर्ने विषयमा द्विविधा गर्नु हुँदैन : पुष्पा भुसाल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र द्विविधा हुन नहुने बताएका छन् ।  

एमसीसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भ¥याङ बनाउन नहुने बताउँदै उनले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्नेमा जोड दिए । 

नेत्री भुसालले नेकपामाओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका यसअघिका सरकारले एमसिसीलाई स्पष्टसँग अघि बढाएको अवस्था रहेको स्मरण गर्दै एमाले सरकारले त संसदबाट पारित गर्नुपर्छ प्रावधान नै राखेको घटना सुनाए । 

उनले भने, ‘एमसीसी यथाशीघ्र सदनमा प्रवेश गराएर धेरै छलफल गरियो भने उठेको प्रश्नबारे आमजनता स्पष्ट हुन्छन्, हाउसमा टेबल भएर छलफल भइसकेपछि चित्त नबुझ्नेले मतदान गर्न सक्दिन भन्न पाउँछ नि ।’ हाम्रो पार्टीले एमसीसी सदनमा प्रवेश गराएर व्यापक छलफल गर्नुपर्छ भनिरहेको छ ।
 
 

Skip This
Skip This
Logo