काठमाडौं बिजनेस क्याम्पसद्वारा ‘आईटी’का विद्यार्थीलाई ओरिन्टेशन कक्षा

काठमाडौं बिजनेस क्याम्पसद्वारा ‘आईटी’का विद्यार्थीलाई ओरिन्टेशन कक्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं बिजनेस क्याम्पस समृद्धि स्कुल अन्तर्गत रही म्यानेजमेन्ट र इन्फर्ममेशन कम्युनिकेसन (आई.सी.टी)का क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस क्याम्पसले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने शैलीले विद्यार्थीलाई  केन्द्रित गरेर अध्ययन अध्यापन हुँदै आएको छ । भौतिक पूर्वाधारले सुविधासम्पन यस कलेज स्वच्छ, सुन्दर स्थान काठमाडौंको वनस्थलीमा रहेको छ ।

कलेजले स्नातकमा  आई.टी तर्फ भर्ना भएका  विद्यार्थीका लागि आज(बिहीबार) ओरिन्टेशन कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा आयोजना भएको ओरिन्टेशन कार्यक्रममा बी.सी. ए. प्रोग्रामका बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो । कार्यक्रममा  प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठले ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बी.सी.ए) को ४ बर्षे कोर्षका बारेमा जानकारी गराउँदै कलेजका सुविधाहरू बारे बताएका हुन् । 

यस्तै, श्रेष्ठले कलेजले आई.सी.टी एजुकेसनको महत्त्व झल्कने गरी  आजबाट विद्यार्थीको सम्पूर्ण सूचना जानकारी गराउन एउटा एप लञ्च गरेको बत्ताए । उनले भने,“  यो एपले विद्यार्थीको हाजिरी,अनलाईन क्लास, गृहकार्य लगायत अन्य जानकारी  त्यही एपले कन्ट्रोल गर्छ, अभिभावक र कलेजबीच सो एप सञ्चारको माध्यम बन्ने र विद्यार्थीलाई निरन्तर पठनपाठनमा मद्दत पुग्ने छ ”। 

यस्तै, कलेजका सुविधाहरू फ्याक्लटीका बारेमा समेत विद्यार्थीलाई जानकारी गराइएको प्रिन्सिपल श्रेष्ठले बताए । श्रेष्ठले ४ वर्ष पछि उद्यम वा जागिरमा लाग्ने बारे स्पष्ट हुन आग्रह गर्दै विद्यार्थीलाई  सेन्टर फर आन्ट्रप्रेनरसिप, सिस्को एकेडेमी,सेन्टर फर करियर डिभ्यालप्मेन्ट बारे जानकारी गराए । यस्तै, केबीसीमा ब्याचलर अफ बिजनेस स्टडीज (बी.बी.एस) को ४ बर्षे कोर्षमा अध्यापन हुँदै आएको छ ।

Skip This
Skip This
Logo