काठमाडौंको नयाँ बानेश्वर चोकथप तनावग्रस्थ बनेको छ । यहाँ हाल ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।
बिभिन्न पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम गर्दे नारा जुलुस तथा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
केन्द्रबिन्दु सहकर्मी निकेश बरालका अनुसार विरोध जनाउदै सडकमै सुत्ने तथा गो ब्याग एमसीसी,एमसीसी चाइदैन देश बेच्न बाइदैन, भन्ने नारा लगाउँदै ठुलो संख्यामा प्रदर्शनकारी संसद भवन अगाडी विरोधमा छन् ।
उनिहरुले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु गरेका हुन् ।
बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो।
एमसीसी अनुमोदन गर्ने कुरामा सक्तारुढ दलबीच मतभेद रहेको छ। सक्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, नेकपा एस एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन्।





























प्रतिक्रिया