नेपालद्वारा ओमानलाई ११८ रनको लक्ष्य

नेपालद्वारा ओमानलाई ११८ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानलाई जितका लागि ११८ रनको लक्ष्य दिएको छ। अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ११७ रन जोड्यो।

नेपालका आरिफ शेखले सर्वाधिक ३८ रन जोडे। यस्तै सन्दीप लामिछाने १६ रनमा आउट हुँदा लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमलसिंह ऐरीले १ रन बनाए। 

ओमानका खवार अलिले सर्वाधिक तीन विकेट हात पारे। विलाल खानले दुई-दुई विकेट हात पारे। ओमानले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।

Logo