एमालेद्वारा १६४ दिनदेखि संसद् बैठक अवरुद्ध

एमालेद्वारा १६४ दिनदेखि संसद् बैठक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजीका कारण १६४ दिनदेखि संसद् निरन्तर अवरुद्ध हुँदै आएको छ।  

गत भदौ २३ गतेदेखि संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्। 

एमालेले आफ्नो पार्टीबाट निष्काशित १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै उनीहरूले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएका हुन्। निष्काशित १४ सांसदलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने एमाले सांसदको चेतावनी छ। 

संसदको गतिरोध खुलाउन सभामुख सापकोटाले बोलाएको तीनवटा सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले पार्टीबाट निष्काशित माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना जारी नगरेसम्म संसद् अवरोध कायमै राख्ने बताएको छ।

शुक्रबारको बैठकमा पनि उनीहरूको नाराबाजी चल्यो। आइतबार दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित गरिएको छ। 

Skip This
Skip This
Logo