हिमालयन डिष्टिलरीद्वारा शतप्रतिशत लाभांश वितरण

हिमालयन डिष्टिलरीद्वारा शतप्रतिशत लाभांश वितरण

केन्द्रबिन्दु
0
Shares

हिमालयन डिष्टिलरी लिमिटेडले पुस २८ गते पारित गरेको गत आर्थिक वर्ष (आव) २०७७/७८ को शतप्रतिशत लाभांश वितरण गरेको छ। 

कम्पनीले गत वर्षको मुनाफाबाट ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको हो। 

बोनस शेयर नेप्सेमा फागुन १ गते सूचीकृत गराई फागुन २ गतेदेखि सम्बन्धित शेयर धनीहरुको हितग्राही खातामा जम्मा गरेको जानकारी कम्पनीले दिएको छ। 

त्यस्तै करसमेतको नगद लाभांश भने बोनस शेयर वापतको कर कट्टा गरि फागुन ४ गतेदेखि सम्बन्धित शेयर धनीहरुको बैंक खातामा जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको छ।

Skip This
Skip This
Logo