संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेकोमा मधेश प्रदेश सरकारले संघीय सरकारका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्धा दायर गरिएको बताए ।
संघीय सरकारसँग प्रहरी समायोजनका लागि पटक–पटक आग्रह गर्दापनि समायोजन गर्नका लागि चासो नदेखाएकाले बाध्य भएर कानूनी उपचारका लागि जानु परेको उनले बताए ।
मन्त्री साहले बुधवार सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश समेतको मुद्धा दायर गरेका हुन् । हो । उनले भने ‘विगत दुई वर्षदेखि प्रहरी समायोजनको विषय कानूनी रुपमा प्रदेशमा पनि ऐन बनिसकेको अवस्था छ भने संघमा पनि ऐन बनिसकेको व्यवस्था छ । संघ सरकारको अनिच्छाले गर्दाखेरी प्रहरी समायोजन रोकिएको र संघको नयाँ गठबन्धनको सरकार बन्दा नेपाली जनतालाई ठुलो आशा थियो, विगतको सरकारले गर्न सकेन अब अग्रगमन पक्षधर गठबन्धनले प्रहरी समायोजन लगायतका संविधानले दिएको अधिकारलाई अक्षरश पालना गर्छ भन्ने लागेको थियो ।’





























प्रतिक्रिया