अटो मोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति मार्फत अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर सधैँ पेल्ने नीति स्वीकार गर्न नसकिने बताएका छन् ।
शुक्रवार मौद्रिक नीतिको समिक्षाको विषयमा कुराकानी गर्दै अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामा अटो व्यवसायलाई अनुत्पादक भित्र राखेर सधँै पेल्ने नीति नाडाले स्वीकार गर्न नसक्ने बताए ।
उनले सरकारले एउटा क्षेत्रमा सुधार गर्नुपर्ने भए पनि अटो मोबाइल्स क्षेत्रको नाम उल्लेख नगरी कडाइ गर्न खोजेको बताउनु भयो । मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामा नाडाका माग सम्बोधन नभएको गुनासो गरे ।
अध्यक्ष थापाले मौद्रिक नीतिको समिक्षामा एलसी मार्जिनमा ब्याजको व्यवस्था गर्न तथा कर्जाको ब्याज घटाउन माग गरिए पनि उल्टो कर्जाको ब्याज बढ्ने गरी मौद्रिक नीतिको समिक्षा भएको बताए । पछिल्लो मुलुकको परिस्थिति अनुसार केही समय धैर्य गर्न सक्ने भएता पनि कति समय धैर्यता कायम गर्ने भन्ने विषय प्रमुख भएको उल्लेख गरे ।
अटो क्षेत्रलाई अनुत्पादक क्षेत्रबाट हटाएर उत्पादक क्षेत्रमा नीतिमा राख्न बारम्बार माग गरिरहेको तर सरकारले अहिलेसम्म नसुनेको उनको भनाइ थियो ।
अध्यक्ष थापाले अटो क्षेत्रलाई सरकारले अनुत्पादक क्षेत्रमा राखेर निरुत्साहित गर्न खोज्यो भने समग्र मुलुकको अर्थतन्त्रको जीवन चक्रमा नै असर पार्ने बताए । अध्यक्ष थापाले भने, ‘राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा अटोमोवाइल्स्ले माग गरेका कुराहरु सुनुवाई भएन । माग गरिएका कुनै पनि कुरा सुनुवाइ भएको देखिएको छैन । देशको परिस्थिति अनकुल भएका केही समय कुर्न गभर्नरले भन्नु भएको छ । मौद्रिक नीतिले कर्जा लगानीमा कडाइ तथा अहिले गरेका नयाँ व्यवस्थाले सबै क्षेत्रमा असर गर्छ । व्यवसायीले यस्तो नीतिमा कतिन्जेल धैर्यता कायम गर्ने भन्ने कुरा हो । अहिले सरकारले सुधार गर्नु पर्ने एउटा लाइन थियो, तर अर्को लाइनबाट सुधार गर्न खोज्ने जुन अटोमोवाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा गनेर सधैँ पेल्ने नीति भएमा हामी स्वीकार गर्न सक्दैनौँ ।’
उनले सरकारले अटो क्षेत्रलाई अनुत्पादकबाट हटाएर उत्पादकमा राख्ने नीतिमा सुधार हुनुपर्छ भनेर बारम्बार माग गरिरहेको दाबी गरे । नेपालका सरकारी निकायको यो क्षेत्रलाई हेर्ने दृष्टिकोण अनुत्पादक भएको समेत गुनासो गरे ।































प्रतिक्रिया