नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकटको युवा संघ नेपालले सूचना प्रविधिको प्रयोग,अवसर र चुनौती बिषयमा बिचार गोष्ठी गरेको छ ।
युवा संघको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । संघका स्थायी कमिटी सदस्य एवं विभागका प्रमुख कुनाल राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी पोलिटव्यूरो सदस्य एवं युवा फाँट इन्चार्ज दिलु पन्तले मुलुकलाई समृद्ध बनाउँन युवाहरुले विज्ञान प्रविधिको सदुपयोग गर्नुका साथै सिपको विकास गर्नुपर्ने जोड दिइन् ।
युवाहरुले विज्ञान प्रविधिको प्रयोग गर्दै मुलुकलाई समृद्ध बनाउँने
अभियानमा जुटनुपर्ने अहिलेको आवश्यक्ता रहेको उनले भनाइ थियो । कार्यक्रममा उपमहासचिव एवं प्रवक्ता संजिप राईले छिमेकी राष्ट्रहरुले चन्द्रमामा यान पुर्याए हामीहरु भने खाडीमा जवान पठाईरहेको विज्ञान र प्रविधिको विकाससंगसंगै सदुपयोग गर्दै समृद्ध नेपाल निर्माणमा जुटनुपर्ने बताए ।
कार्यक्रममा संघका सचिवद्धय नरेश गिरी, सुशिल भट्टराई, कोषाध्यक्ष दिपक दुवाडी, स्थायी कमिटी सदस्य सन्तोष राई, झनकर विष्ट, सुदिप राई, कवि लगायतको विशेष सहभागिता रहेको थियो ।
सोही कार्यक्रमका बीचमा २१ सदस्यीय विज्ञान तथा प्रविधि विभाग गठन भएको छ । विभागको सदस्यहरुमा सुरज थापा, बिजय मनान्धर, सचिन थापा, विराज लामा, जेवि ढकाल, सुदिप अधिकारी, अन्जल राई, युवराज भण्डारी, सुरेन्द्र रावल, विश्वास राई, अजय लामा, चिरन्जीवि घिमिरे, उत्तम खपाङ्गी, अमित काफ्ले, विवेक प्रधान, सन्तोष भुजेल, खिना गुरुङ, प्रयाग जोशी, गणेश मगर, खगेन्द्र लिम्बु लगायतका रहेका छन् ।





























प्रतिक्रिया