राष्ट्र उत्थान लघुवित्तको आईपीओमा २६ लाख २६ हजारले दिए आवेदन

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा २६ लाख २६ हजारले दिए आवेदन

केन्द्रबिन्दु
0
Shares

राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ।

गत बुधबारदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा अन्तिम दिन आइतबारसम्म २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। 

कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसाधारण शेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो।

जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो।

उक्त कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी २६ करोड रुपैयाँ छ। तत्काल चुक्तापूँजी १७ करोड ५० लाख रुपैयाँ रहेकोमा सर्वसाधारणलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासन पश्चात् कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्नेछ।

Logo