सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२औँ चरणका खेल समाप्त हुँदैछन्। अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन्। र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसाे १ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन्। पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा छ। एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ।
अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ। आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा छ। संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ।





























प्रतिक्रिया